दोलखामा बस दुर्घटना, १३ घाइते | Khabarhub Khabarhub

दोलखामा बस दुर्घटना, १३ घाइते


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- भीमेश्वर नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर २ स्थित पाख्लती बजार नजिकैको मोडमा बा ४ ख ५१४९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । बसमा ४० यात्रु सवार थिए ।

काठमाडौंबाट दोलखाको लामाबगर तर्फ जाँदै गरेको उक्त बस मोडमा स्टेरिङ काट्न नसक्दा सडकको भित्तामा ठोकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चरिकोटका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।

दुर्घटना परी घाइते हुनेहरूमा भीमेश्वर नगरपालिका -१ सुस्पाका ४१ वर्षीय केशर बहादुर थामी, ४९ वर्षीय प्रकाश सुवेदी, भीमेश्वर – ३ पुरानो बजारकी ७ वर्षीय श्रृष्टी शिवाकोटी, कालिन्चोक गाउँपालिका वडा नम्बर -९ सुन्द्रावतीका २३ वर्षीय सुदर्शन खतिवडा, ३५ वर्षीय सुन्दर प्रसाद पाण्डे, कालिन्चोक – ७ सुनखानिकी ४२ वर्षीय धनलक्ष्मी तामाङ, कालिञ्चोक- ८ सुनखानिका ३५ वर्षीय सिताराम शिवाकोटी,कालिन्चोक -३ लामिडाँडाका १८ वर्षीय दिपेन्द्र खत्री घाईते भएका छन्।

त्यसैगरी विगु गाउँपालिका- ७ बिगुकी ३५ वर्षीय फुरलाङमु शेर्पा, ५९ वर्षीय पासाङ डोमा शेर्पा, बिगु -३ बुलुङका २५ वर्षीय रामचन्द्र ठकुरी, ५८ वर्षीय विष्णु बहादुर ठकुरी, बिगु-४ सिंगटीका ३८ वर्षीय तेज बहादुर ओली घाईते भएका छन्।

घाइते हरुको प्राथमिक स्वस्थ केन्द्र चरिकोट र गौरिशंकर जनरल अस्पतालमा दोलखामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिए।

चरिकोट र दोलखा चौकीबाट खटिएका प्रहरी टोलिले घाइतेहरूको उद्धार गरेका थिए।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : १८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि