राहत र उद्धारमा खटिन कार्यकर्तालाई नेकपाको निर्देशन « Khabarhub

राहत र उद्धारमा खटिन कार्यकर्तालाई नेकपाको निर्देशन


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी तथा पहिरो पीडितको राहत र उद्धारका लागि खट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ती निकाल्दै पार्टीका सबै तहका कमिटी, नेता, कार्यकर्ता र जनसंगठनलाई सक्रियतापूर्वक उद्धार र राहत कार्यमा खट्न निर्देशन दिएको हो ।

सरकारले पीडितहरुको राहत र उद्धारका लागि आवश्यक पहल गरिरहेको भन्दै अध्यक्षद्वयले यो विपत्तीको घडीमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

अध्यक्षद्वयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ११ : ४४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर