राहत र उद्धारमा खटिन कार्यकर्तालाई नेकपाको निर्देशन | Khabarhub Khabarhub

राहत र उद्धारमा खटिन कार्यकर्तालाई नेकपाको निर्देशन


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी तथा पहिरो पीडितको राहत र उद्धारका लागि खट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ती निकाल्दै पार्टीका सबै तहका कमिटी, नेता, कार्यकर्ता र जनसंगठनलाई सक्रियतापूर्वक उद्धार र राहत कार्यमा खट्न निर्देशन दिएको हो ।

सरकारले पीडितहरुको राहत र उद्धारका लागि आवश्यक पहल गरिरहेको भन्दै अध्यक्षद्वयले यो विपत्तीको घडीमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

अध्यक्षद्वयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ११ : ४४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना