अन्नपूर्णका मनै लोभ्याउने तस्वीर (फोटोफिचर) « Khabarhub

अन्नपूर्णका मनै लोभ्याउने तस्वीर (फोटोफिचर)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण हिम श्रृङ्खलामा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) अन्नपूर्ण द्वितीय (७,९३७ मिटर), अन्नपूर्ण तृतीय (७,५५५ मिटर), अन्नपूर्ण चौथो (७५२५ मिटर) अन्नपूर्ण दक्षिण (७२१९ मिटर) र गंगापूर्ण (७४५५ मिटर) लगायतका हिमालहरु छन् । त्यस्तै यहाँ तिलिचो हिमाल, नीलगिरी पर्वत, माछापुच्छ्रे, हिउँचुली र गन्धर्व चुलीसमेत छन् । ५५ किलोमिटर लम्बाई रहेको यो हिम श्रृङ्खलालाई पूर्व र उत्तरमा मस्याङ्दी नदी, पश्चिममा कालीगण्डकीको गल्छी, दक्षिणमा पोखरा उपत्यकाले घेरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको पश्चिमी क्षेत्रमा पर्छ ।

अन्नपूर्ण संस्कृत शब्द अन्न र पूर्ण मिलेर बनेको हो । तर, स्थानीय रुपमा अन्नपूर्ण हिमाललाई ‘अन्नकी देवी’ का रुपमा अथ्र्याइन्छ । हिन्दुहरुका लागि अन्नपूर्ण आमा हुन् जसले सबैलाई अन्न खुवाएर भोकमरीबाट जोगाउँछिन् । सोही कारण उनलाई निकै श्रद्धा समेत गरिन्छ । गंगा किनारको पवित्र काशी क्षेत्रमा अन्नपूर्णको मन्दिर समेत छ । सोही कारण उनलाई देवी लक्ष्मीको रुपमा समेत श्रद्धा गरिन्छ ।

कुनै समय अन्नपूर्णलाई आरोहण गर्न सबैभन्दा कठिन हिमालको रुपमा लिइन्थ्यो । तर, हाल भने धेरै आरोहीहरुले अन्नपूर्णको आरोहण गर्ने गरेका छन् । यहाँको प्राकृतिक सुन्दरताले धेरै आरोही तथा पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

अन्नपूर्ण प्रथमको आधार शिविर (४१८० मिटर) मा रहेको हिमताल

यसै सिजनमा पनि धेरै आरोहीहरुले अन्नपूर्णको आरोहण गरेका छन् । गत अप्रिलमा मात्र १५ आरोही तथा १७ जना सहयोगी शेर्पा गरी ३२ जनाले विश्वको १० औं सर्वोच्च अन्नपूर्णको शिखरमा पाइला राखेका थिए ।

अन्नपूर्ण प्रथमको पहिलो आरोहण मौरिस हेर्जोगको नेतृत्वमा फ्रेन्च आरोहण दलले सन् १९५० जुन ३ मा गरेको थियो । ८ हजार मिटर माथिको हिमालको यो पहिलो आरोहण अभियान थियो । त्यसको २० वर्षपछिमात्र दोश्रो आरोहण दल अन्नपूर्ण प्रथमको शिखरमा पुग्न सफल भएको थियो । सन् १९७० मा क्रिस बोनिङटनको नेतृत्वमा दोश्रो पटक अन्नपूर्णको आरोहण गरिएको थियो । पर्वतारोहणको क्षेत्रमा निकै प्रतिष्ठित नाम भएपनि अन्नपूर्णको आरोहण निकै जोखिमपूर्ण मानिन्छ । यहाँ आरोहण गर्ने एकतिहाई आरोहीले ज्यान गुमाएका छन् । सोही कारण यहाँ थोरै मात्र आरोहीहरु आरोहणका लागि जाने गरेका छन् ।

पहिलो आरोहण अभियानका क्रममा पनि मौरिस हेर्जोग र लुई लकानेलले ठूलो मूल्य चुकाउनु परेको थियो । आरोहण अभियानका क्रममा उनीहरुको हात र खुट्टाको औँला हिउँले खाएको थियो भने आरोही लकानेल हिम नदीमा खस्न पुगेका थिए । यसैको उपचारका क्रममा उनको ५ वर्षपछि निधन भएको थियो । सन् १९९० यतामात्र अन्नपूर्ण प्रथम आरोहणमा जाने १५७ जना आरोहीले ज्यान गुमाइसकेका छन् ।

तातोबानीबाट अन्नपूर्ण आधार शिविरका लागि उड्न लागेको हेलिकोप्टर

अन्नपूर्ण क्षेत्र हिमाली वातावरणको संरक्षणको हिसाबमा पनि उत्तिकै संवेदनशील मानिन्छ । यहाँ विभिन्न किसिमको जंगल, जनावर बनस्पती तथा अन्य पर्यावरण छन् । नेपालकै पहिलो अन्नपूर्ण संरक्षण क्षेत्र ७६२९ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । त्यस्तै, यो क्षेत्र अन्नपूर्ण सर्किट तथा अन्नपूर्ण स्यान्चुरीजस्ता विश्वस्तरीय पदयात्राका लागि पनि उत्तिकै प्रख्यात छ ।

अन्नपूर्णको पूर्वी मोहोडाको दृश्य
क्याम्प १ (५२५० मिटर) का लागि हिँडेका आरोही
अन्नपूर्णको पश्चिमी मोहोडाको दृश्य
हिमनदीबाट क्याम्प १ का लागि हिँडेका आरोही
क्याम्प १ बाट क्याम्प २ (५७०० मिटर) का लागि आरोही अघि बढ्दै
उपल्लो शिविरतर्फ उकालो चढ्दै आरोही (हावाहुरीको समयमा)
शिविरमा गाडिएका पाल
क्याम्प ४ नजिकै (७०५० मिटर) मा देखिएका आरोही
उत्तर पश्चिमी मार्गबाट शिखर तर्फ उक्लिँदै गरेका आरोही
शिखरतर्फको अन्तिम कदमहरु
शिखरतर्फको अन्तिम कदमहरु
शिखरतर्फको अन्तिम कदमहरु

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : १० बजे

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ– इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथा :

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी