चोरीबाट बरामद मूर्ति राष्ट्रिय संग्राहलयमा प्रर्दशनी « Khabarhub

चोरीबाट बरामद मूर्ति राष्ट्रिय संग्राहलयमा प्रर्दशनी


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा चोरीबाट बरामद गरिएका मूर्तिहरुको प्रर्दशन सुरु भएको छ ।  काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्राहलयमा देश भित्र र बाहिर चोरी भई फिर्ता गरिएका ऐतिहासिक तथा पुरातात्विक महत्वका ३६ वटा मूर्तिहरुको प्रर्दशनी बुधबारबाट सुरु गरिएको हो ।

३ महिनासम्म चल्ने अस्थायी प्रर्दशनीमा देश भित्र र देशबाहिर चोरी भई बरामद गरिएका ऐतिहासिक कलाले भरिपूर्ण ३६ वटा मूर्तिहरु राखिएको संग्राहलयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । संग्राहलयले हालसम्म ४५ वटा चोरी भएका मूर्तिहरु बरामद गरेको छ ।

हाम्रा सम्पदाहरुको चोरी हुन नदिने गरी जनचेतना जगाउन पनि सो प्रर्दशनीले सहयोग पु¥याउने संग्राहलयले विश्वास व्यक्त गरेको छ ।
संग्राहलयको ८० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रर्दशनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सो प्रर्दशनीले नेपालका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी हुन नदिन जनचेतना जगाउने विश्वास व्यक्त गरे ।

उनले नेपालको करोडौं मूल्य बराबरको ऐतिहासिक कलाबारे जानकारी दिन पनि प्रर्दशनी उपयोगी हुने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको