चोरीबाट बरामद मूर्ति राष्ट्रिय संग्राहलयमा प्रर्दशनी | Khabarhub Khabarhub

चोरीबाट बरामद मूर्ति राष्ट्रिय संग्राहलयमा प्रर्दशनी


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा चोरीबाट बरामद गरिएका मूर्तिहरुको प्रर्दशन सुरु भएको छ ।  काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्राहलयमा देश भित्र र बाहिर चोरी भई फिर्ता गरिएका ऐतिहासिक तथा पुरातात्विक महत्वका ३६ वटा मूर्तिहरुको प्रर्दशनी बुधबारबाट सुरु गरिएको हो ।

३ महिनासम्म चल्ने अस्थायी प्रर्दशनीमा देश भित्र र देशबाहिर चोरी भई बरामद गरिएका ऐतिहासिक कलाले भरिपूर्ण ३६ वटा मूर्तिहरु राखिएको संग्राहलयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । संग्राहलयले हालसम्म ४५ वटा चोरी भएका मूर्तिहरु बरामद गरेको छ ।

हाम्रा सम्पदाहरुको चोरी हुन नदिने गरी जनचेतना जगाउन पनि सो प्रर्दशनीले सहयोग पु¥याउने संग्राहलयले विश्वास व्यक्त गरेको छ ।
संग्राहलयको ८० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रर्दशनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सो प्रर्दशनीले नेपालका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी हुन नदिन जनचेतना जगाउने विश्वास व्यक्त गरे ।

उनले नेपालको करोडौं मूल्य बराबरको ऐतिहासिक कलाबारे जानकारी दिन पनि प्रर्दशनी उपयोगी हुने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन