विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक–राहतका लागि स्थानीय तहलाई खटाउने निर्णय « Khabarhub

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक–राहतका लागि स्थानीय तहलाई खटाउने निर्णय


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षापछि बढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ।

बैठकमा गृहमन्त्री थापासहित विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो । शनिबार मध्यान्ह गृह मन्त्रालय बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिव उपस्थिति थिए।

बैठकमा विभिन्न जिल्लामा पुगेको क्षति र उद्धार तथा राहतलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले वर्षा सुरु हुनअघि नै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्व तयारी गरिएको बताउँदै स्थानीय प्रशासनका साथै सुरक्षाा निकायलाई राहत र उद्धारमा खटाइएको बताए ।

बैठकले प्रभावित क्षेत्रमा राहत र उद्धारको कामलाई प्रभावकारी रुपमा गर्ने, अवरुद्ध राजमार्ग तत्काल खुलाउने, घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने, महामारी फैलन नदिन आवश्यक काम गर्ने तथा राहतका लागि स्थानीय तहलाई खटाउने निर्णय गरिएको छ ।

शुक्रबार निरन्तर वर्षा भइरहेका कारण हेलिकोप्टरबाट राहत र उद्धारको काम गर्न असज भएको गृहमन्त्री थापाको भनाइ थियो । शनिवारबाट भने हेलिकोप्टरको प्रयोगमा सहजता आएको उनको भनाइ थियो । सरकारी संयन्त्रसँग आवश्यता अनुसार डुँगा नहुँदा उद्धारमा समस्या परेको थापाले बताए।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ५४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार