विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक–राहतका लागि स्थानीय तहलाई खटाउने निर्णय « Khabarhub

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक–राहतका लागि स्थानीय तहलाई खटाउने निर्णय


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षापछि बढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ।

बैठकमा गृहमन्त्री थापासहित विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो । शनिबार मध्यान्ह गृह मन्त्रालय बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिव उपस्थिति थिए।

बैठकमा विभिन्न जिल्लामा पुगेको क्षति र उद्धार तथा राहतलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले वर्षा सुरु हुनअघि नै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्व तयारी गरिएको बताउँदै स्थानीय प्रशासनका साथै सुरक्षाा निकायलाई राहत र उद्धारमा खटाइएको बताए ।

बैठकले प्रभावित क्षेत्रमा राहत र उद्धारको कामलाई प्रभावकारी रुपमा गर्ने, अवरुद्ध राजमार्ग तत्काल खुलाउने, घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने, महामारी फैलन नदिन आवश्यक काम गर्ने तथा राहतका लागि स्थानीय तहलाई खटाउने निर्णय गरिएको छ ।

शुक्रबार निरन्तर वर्षा भइरहेका कारण हेलिकोप्टरबाट राहत र उद्धारको काम गर्न असज भएको गृहमन्त्री थापाको भनाइ थियो । शनिवारबाट भने हेलिकोप्टरको प्रयोगमा सहजता आएको उनको भनाइ थियो । सरकारी संयन्त्रसँग आवश्यता अनुसार डुँगा नहुँदा उद्धारमा समस्या परेको थापाले बताए।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ५४ बजे

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई