बाढी पहिरोले अधिकांश राजमार्गमा अवरोध, कहाँकहाँको बाटो बन्यो अवरुद्ध ? (सूचीसहित) « Khabarhub

बाढी पहिरोले अधिकांश राजमार्गमा अवरोध, कहाँकहाँको बाटो बन्यो अवरुद्ध ? (सूचीसहित)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तरको वर्षाका कारण देश भरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

देशका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको प्रकोप देखिएको छ । बाढी पहिरोमा परि ३० जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा धनमालको पनि क्षति भएको छ ।

पहिरो र बाढीका कारण राजमार्ग र सडकहरु अवरुद्ध बनेका छन् । त्यसैले यात्रा गर्नुपूर्व कहाँको अवस्था कस्तो बुझ्न प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार धादिङ, बेनिघाटरोराङ गा.पा १० बादरेमोडमा डाँडाबाट लेदो खसेर दुई तर्फी बाटो बन्द भएकोमा लेदो हटाई बाटो खुल्ला गरिएको छ ।

हेटौडाबाट काठमाण्डौ आउने वाटो पहिरोका कारण अवरुद्ध छ भने नारायणगढ बाट काठमाण्डौ आउने बाटो सुचारु रहेको छ ।
यस्तै बारको जितपुर सिमरामको महेन्द्रमार्ग अवरुद्ध छ ।

प्रहरीका अनुसार काभ्रेको रोशी गाउपालिका ११ माम्तीमा सडकमा लेदो खस्दा बिपी राजमार्ग अवरुद्ध बनेको छ । त्यस्तै चितवनको ठोरी पर्सामा पानीको वहाव बढेका कारण यातायाता सञ्चालनमा समस्या परेको छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गापा १ कमेरी भन्ने स्थानमा बिपी राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै ध्वाप्मे खोलामा अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ ।

मुस्ताङको थामाङ गापा ४ घोप्टेभीरमा कालीगण्डकी नदीको पानीको वहाव बढी बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको खोटाङ नपा १४ घुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आइ अवरुद्ध भएको छ भने कटारी नपा १४ को बदुरा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गापा ७ सिद्दिचरण राजमार्ग बाढीले अवरुद्ध बनेको छ ।

त्यस्तै तेह्रथुमको लालिगुरास नपा ९ काडेस्थित म्याङलुङ बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ ।

ललितपुरको भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ, हेटौडा जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मकवानपुरको कुलाखानी सडक खण्डको विभिन्न स्थानमा पहिरो खसी बाटो अवरुद्ध भएको छ ।

यस्तै मकवानपुरबाट फाखेल हुँदै काठमाडौं भित्रने सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।

त्यस्तै इलामको सुर्योदय नपा ९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड माथिबाट पहिरो आइ अवरुद्ध भएको छ ।

धादिङको नौविसेदेखि हेटौडा जाँने त्रिभुवन राजपथमा नौविसे भन्दा ३ किमी हेटौडा तर्फ रुख ढलेर बाटो अवरुद्ध भएको छ ।

महोत्तरीको बर्दिवास नपा १ र ४ जोड्ने पुल भस्सी खोलाको पुल ३५ मिटर बगाएका कारण पूर्वपश्चिम राजमार्गमा अवरोध रहेको प्रहरीले जनाएको छ ।

रामेछापको मन्थली नपा ६ सेलेघाट भन्ने स्थानमा पहिरो आइ मन्थली काठमाडौं आउने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रसुवाको उत्तरगया गापास्थित वेत्रावती मैलुङ स्याफ्रुबेशी सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

कालिकोटको खाडाचक्र गापा ७ स्थित बजारदेखि जुम्लातर्फ जाने सडक माथिबाट खसेको ढुंगाका कारण कर्णलाी राजमार्ग अवरुद्ध भएको छ ।

त्यस्तै दैलेको गुराँस गापा २ स्थित तल्लोडुङ्गेश्वर ग्रिवाकोट सुखेत सडकखण्डमा अवरोध रहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरुद्ध बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । यात्रा गर्दा संयमता अपनाउन र सुरक्षामा ध्यादिन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ३ : ४३ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध