पहिरोले अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो | Khabarhub Khabarhub

पहिरोले अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम- पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके-फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । बिहान ८ बजे सडकमाथिबाट पहिरो खसेपछि अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ बजेबाट एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

वर्षा नरोकिएका कारण झरेको सबै पहिरो पन्छाउन नसकिएकाले अहिले एकतर्फी भए पनि सवारीसाधन सञ्चालनमा आएका छन् ।

सडक खुलेपछि रोकिएर रहेका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । राजमार्ग अबरुद्ध भएपछि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराईका लागि छुटेका र यसतर्फ आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ०१ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला