सोमालियाको होटेलमा आक्रमण, २६ जना मारिए « Khabarhub

सोमालियाको होटेलमा आक्रमण, २६ जना मारिए


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु– सोमालियाको एक होटेलमा गराइएको आक्रमणमा २६ जना मारिएका छन् ।

सोमालियाको स्वशासित क्षेत्र जुबाल्याण्डस्थित बन्दरगाह शहर किस्मायूको आलिशान होटेलमा बन्दुकधारीले गराएको आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

सोमाली अधिकारीका अनुसार मारिनेमा सोमालीसहित बेलायती, अमेरिकी, केन्याली तथा तान्जानियाका नागरिक छन् । त्यसबाहेक आगामी सोमाली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका नेता पनि आक्रमणमा मारिएको जनाइएको छ । मारिनेमा २ पत्रकार तथा संयुक्त राष्ट्रसंघमा कार्यरत समेत छन् ।

जुबाल्याण्डका अधिकारीले ४ आक्रमणकारीले स्थानीय होटेलमा आक्रमण गरेको बताएका छन् । तीमध्ये एकले आत्मघाती कार बम आक्रमण गराएका थिए । सुरक्षाकर्मीको जवाफी कारवाहीमा अन्य २ आक्रमणकारी मारिएको तथा अर्का एक आक्रमणकारीलाई जीवितै नियन्त्रणमा लिइएको छ ।

आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । आतंकवादी सञ्जाल अल कायदासँग आबद्ध अल शबाब समूहले सोमालियामा सैनिक तथा सर्वसाधारणलाई निशाना बनाएर बेलाबेला आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ०५ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले