सोमालियाको होटेलमा आक्रमण, २६ जना मारिए « Khabarhub

सोमालियाको होटेलमा आक्रमण, २६ जना मारिए


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु– सोमालियाको एक होटेलमा गराइएको आक्रमणमा २६ जना मारिएका छन् ।

सोमालियाको स्वशासित क्षेत्र जुबाल्याण्डस्थित बन्दरगाह शहर किस्मायूको आलिशान होटेलमा बन्दुकधारीले गराएको आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

सोमाली अधिकारीका अनुसार मारिनेमा सोमालीसहित बेलायती, अमेरिकी, केन्याली तथा तान्जानियाका नागरिक छन् । त्यसबाहेक आगामी सोमाली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका नेता पनि आक्रमणमा मारिएको जनाइएको छ । मारिनेमा २ पत्रकार तथा संयुक्त राष्ट्रसंघमा कार्यरत समेत छन् ।

जुबाल्याण्डका अधिकारीले ४ आक्रमणकारीले स्थानीय होटेलमा आक्रमण गरेको बताएका छन् । तीमध्ये एकले आत्मघाती कार बम आक्रमण गराएका थिए । सुरक्षाकर्मीको जवाफी कारवाहीमा अन्य २ आक्रमणकारी मारिएको तथा अर्का एक आक्रमणकारीलाई जीवितै नियन्त्रणमा लिइएको छ ।

आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । आतंकवादी सञ्जाल अल कायदासँग आबद्ध अल शबाब समूहले सोमालियामा सैनिक तथा सर्वसाधारणलाई निशाना बनाएर बेलाबेला आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ०५ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध