भानुजयन्तीमा भानुभक्तको योगदानको गरियो स्मरण « Khabarhub

भानुजयन्तीमा भानुभक्तको योगदानको गरियो स्मरण


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-आदिकवि भानुभक्त आचार्यको शनिबार देशभर विभिन्न साहित्यीक कार्यक्रम गरी २०६औँ भानुजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा पोखरामा भानुजयन्ती विशेष कार्यक्रममा आदिकवि भानुभक्तको योगदानको स्मरण गरियो ।

कार्यक्रममा नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको उल्लेखनीय योगदान रहेको वक्ताहरूको भनाइ थियो । समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई सम्झेर पृथ्वीनारायण क्याम्पसको भानुपार्कबाट वाङ्मयिक यात्रा शुरु गरेको संस्थाले पहिलो कार्यक्रम पनि भानुजयन्ती विशेष राखेको जानकारी दिए ।

प्राज्ञ रमेश श्रेष्ठले आदिकवि कहिल्यै नअस्ताउने सूर्य भएका कारण उनको योगदान अतुलनीय भएको धारणा राखे । प्राध्यापक डा. रविलाल अधिकारीले माक्र्सवादीहरूले भानुभक्त आचार्यलाई हेर्ने दृष्टिकोणमा हाल उल्लेख्य रूपमा परिवर्तन आएको स्मरण गरे ।

प्राध्यापक डा. विष्णुप्रसाद पौडेलले भानुको सम्झनामा हुने कार्यक्रम औपचारिकताका लागि श्राद्ध गरेजस्तो गर्नुभन्दा सिर्जनात्मक रुपमा आयोजना गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा प्राडा लेखनाथ अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, डा यमनाथ तिमिल्सिना, डा जगन्नाथ रेग्मी, संस्थाका सचिव मदन भण्डारी, कोषाध्यक्ष असफल गौतमलगायतले भानुभक्त र नेपाली वाङ्मयका विविध पक्षबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ३२ बजे

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची