नेपालमा कोसी नदीको ढोका खोल्दा यसरी डुब्यो भारतको विहार (फोटो फिचर) « Khabarhub

नेपालमा कोसी नदीको ढोका खोल्दा यसरी डुब्यो भारतको विहार (फोटो फिचर)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोसी व्यारेजको ढोका खेलेसँगै भारतको विहार डुवानमा परेको छ ।

अविरल वर्षासँगै बाढी आएर नेपाल तर्फ डुबान भएपछि कोसी व्यारेजका ५६ मध्ये ३६ वटा ढोका खोलिएको छ । ढोका खोलिएसँगै नेपालसँग सीमा जोडिएको भारत विहारको अररिया जिल्ला डुबेको छ ।

हालसम्म कोशी ब्यारेजमा पानीको सतह ३ लखा क्युसेक नाघिसकेको र ब्यारेजका ५६ मध्ये ३६ ढोका खोलिएकाले छिमेकी अररिया डुबानमा परेको हो ।

कोशी नदी वस्ती पसेपछि अररियाको सीमावर्ती तथा कोशी नदीको किनारमा बसोबास गर्दै आएका मानिसहरु नराम्ररी प्रभावित भएका छन् ।

कोशीको पानी कम्मरसम्म आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीका कारण केही रेलस्टेशन तथा सडकमा समेत क्षति पुगेको बताइएको छ । त्यस्तै बाढीले अररियाका केही स्थानमा विद्युत प्रवाह समेत प्रभावित भएको छ ।

विहारमा डुवान परेपछि भारत सरकारले कोसीको ढोका बन्द गर्न नेपाललाई दबाव दिएको छ । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ५३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या