देउवा पक्षको भेलाको निष्कर्ष–महाधिवेशन ०७७ फागुन सम्ममा गर्ने « Khabarhub

देउवा पक्षको भेलाको निष्कर्ष–महाधिवेशन ०७७ फागुन सम्ममा गर्ने


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल लम्ब्याउने तयारी गरेका छन् । पार्टीको १४ औं महाधिवेशन २०७७ सालको फागुनसम्ममा गर्नेगरी उनले एक वर्षको कार्यकाल बढाउन खोजेका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा शनिवार विहान बसेको देउवा समूहको बैठकले ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निश्कर्ष निकालेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले ०७६ फागुन भित्रै नियमित महाधिवेशनको लागि दबाव बढाइरहेका बेला देउवा समूहले भने ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निश्कर्ष निकालेको हो ।

पार्टीको विधानले असाधरणस्थिति भएमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था गरेको छ ।

संविधानको राजनीतिक दलसम्वन्धी व्यवस्थाले थप ६ महिनाको समय समेत बढाउन सक्ने व्यवस्था गरेको छ ।

चालु केन्द्रीय कार्यसमितिको बैठकमै महाधिवेशनको क्यालेन्डर ल्याउन पौडेल र सिटौला पक्षले दबाब दिएका छन् । देउवा यसै केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको एजेण्डामा छलफल गर्न चाहेका थिएनन ।

तर, पौडेल पक्षले महाधिवेशनको क्यालेन्डरका विषयमा छलफल नहुने हो भने बैठकमै अनुपस्थित रहने चेतावनी दिएका थिए । त्यसपछि मात्रै देउवा महाधिवेशनको क्यालेन्डर ल्याउने पक्षमा जुटेका हुन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ६ : १० बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)