बाढी पहिरोमा परि मर्नेको संख्या ४३ पुग्यो, २४ जना वेपत्ता « Khabarhub

बाढी पहिरोमा परि मर्नेको संख्या ४३ पुग्यो, २४ जना वेपत्ता


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट ४३ जनाको मृत्यु भएको छ ।

मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको संख्या (४३ जना ) :

अविरल वर्षात र सो का कारण सिर्जित बाढि पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ , झापा,  सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको छ।

उद्धार गरिएको संख्या (११०४ जना ) :

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ प्रहरीले जनाएको छ ।

घाईते हरुको संख्या ( २० जना )

बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बेपत्ताहरुको संख्या (२४ जना)

सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि २४ जना बेपत्ता भएका छन् । 

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : १४ बजे

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्