काठमाडौं– नायिका रेखा थापाले नेपाली स्वदेश फर्किदा अन्तर्राष्ट्रय विमानस्ठलमा श्रमिकमाथि हुने विभेदको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई मन्त्रालयमा भेटेर प्रवासी नेपाली श्रमिकका गुनासाहरु सुनाउनुका साथै ध्यानाकर्ष पत्र बुझाएकी हुन् ।
उनले विदेशबाट श्रमिक स्वदेश फर्किदा विमानस्थलमा घरेलु प्रयोजनका लागि ल्याइएका समानहरु जफत गरिने, अनावश्यक कर तिर्न बाध्य पारिने अवस्था रहेको उल्लेख गर्दै कामदारको हकहितमा हुने गरी नियम सच्याउन समेत आग्रह गरिन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बिष्टले यस विषयमा पहल भइरहेकाे र कामदारकाे हक हितमा सरकार रहेकाे आश्वासन दिए । नेपाली श्रमिकले नेपाल फर्किदा त्रिभुवन विमानस्थलमा झोला झिम्टी र सामान जफत भएको विषयमा गत सातादेखि अालाेचना भइरहेकाे छ ।
प्रतिक्रिया