हङकङको प्रदर्शनलाई चीनले भन्यो ‘आतंकवाद’को पराकाष्ठ « Khabarhub

हङकङको प्रदर्शनलाई चीनले भन्यो ‘आतंकवाद’को पराकाष्ठ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हङकङमा सुपर्दगी विधेयकको विरुद्धमा उत्रिएको आन्दोलनले चर्को रुप लिएपछि चीनले आतंकवादको संख्या दिएको छ । सोमबार हजारौं प्रदर्शनकारीले हङकङको विमानस्थल नै कब्जामा लिएर आन्दोलन चर्काएपछि विश्वको चासो हङकङतिर केन्द्रित बनेको छ ।

आन्दोलन हिंसातर्फ उन्मुख भइरहेको अधिकारीहरुले बताएका छन् । हङकङको आन्दोलनलाई लिएर चिनियाँ सेनाले पटक पटक धम्की समेत दिँदैआएको छ । चीनले ‘परिचालित तथा प्रतिक्रियावादी शक्तिको आन्दोलन’ को संज्ञा दिँदै हङकङको आन्दोलन दबाउने चेतावनी छ ।

प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुन थालेका छन् । केहीले यस आन्दोलनलाई ‘पश्चिमा शक्तिबाट परिचालित’ भएको जनाएका छन् । प्रदर्शनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा समेत मागेका छन् ।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा दिएको छ । पटक पटक चिनियाँ सेनाले प्रदर्शनकारीलाई ठाडै चेतावनी दिँदै आए पनि पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि ‘आतंकवाद’को संज्ञा दियो ।

प्रदर्शनमा उत्रिएकाहरुलाई आइतबार दिनभर र सोमबार पनि प्रहरीले अश्रुग्यांस प्रहार गरे । स्थानीय मिडियाका अनुसार प्रदर्शनकारीले भने प्रहरीलाई पेट्रोल बम नै प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाले भने आन्दोलन अब छिट्टै निकर्षमा पुग्ने वा चीनले नयाँ निर्णय गर्नसक्ने टिप्पणी गर्न थालिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १० : ०६ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका