साउथकी यी अभिनेत्रीका लागि ‘साहो’ को स्पेशल शो राख्दैछन् प्रभास ! « Khabarhub

साउथकी यी अभिनेत्रीका लागि ‘साहो’ को स्पेशल शो राख्दैछन् प्रभास !


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ को चर्चा छ । हालै यो फिल्मको ट्रेलर रिलिज भयो । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म अगस्त ३० मा प्रदर्शनमा आउँदैछ ।

प्रभास आफ्नो फिल्मी जीवनका कारण मात्र होइन कि, आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने गर्छन् । अझ अनुष्का शेट्टीसँग त उनको अफेअरदेखि बिहेसम्मको खबर आउने गर्छ ।

तर यतिबेला खबर आएको छ कि, प्रभासले एक व्यापारीकी छोरीसँग बिहे गर्न सक्छन् ।

यतिबेला भने प्रभास र अनुष्काको अफेअरको खबरले पुनः चर्चा पाएको छ । खबरका अनुसार प्रभास आफ्नी तथाकथित गर्लफ्रेन्ड तथा बाहबुली नायिका अनुष्का शेट्टीका लागि ‘साहो’ को प्राइभेट स्किृनिङ गर्दैछन् । तर, यो बारेमा कुनै आधिकारिक जानकारी भने बाहिर आएको छैन ।

प्रभास र अनुष्काले कैयन् फिल्ममा एकसाथ काम गरिसकेका छन् । बाहुबलीमा त यी दुईको केमेष्ट्री झनै रुचाइएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : २३ बजे

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने