चलचित्र विकास बोर्ड राजनीतिक दलको भर्ती केन्द्र भयो: दयाहाङ राई « Khabarhub

चलचित्र विकास बोर्ड राजनीतिक दलको भर्ती केन्द्र भयो: दयाहाङ राई


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा स्थापित भएका अभिनेता दयाहाङ राई उत्कृष्ट अभिनेतामध्ये एक हुन् । उनी अभिनित चलचित्र ‘कबड्डी ३’ प्रदर्शनका क्रममा छ । अभिनेता राई चलचित्र क्षेत्रमा कसरी सुधार ल्याउन सकिन्छ भन्नेमा पनि बहस गर्न रुचाउँछन् ।

उनको बुझाइमा चलचित्र क्षेत्र चलचित्रकर्मीको आफ्नै बलले यत्तिको विकास भइरहेको छ । सरकारले चलचित्रमा मात्र होइन, समग्र कला क्षेत्रमा कुनै सहयोग गरिरहेको छैन ।

अभिनेता राई कला क्षेत्रमा समेत राजनीति हाबी भएको बताउँछन् । उनका अनुसार चलचित्र क्षेत्रलाई नियमन गर्ने निकाय नै राजनीतिक नियुक्तिको मारमा परेका छन् ।

उनी भन्छन्, ‘हुन त जागरुक मान्छे अग्रसर नभएर पनि होला, यहाँ एकेडेमी होस् या अन्य संस्था सबैमा राजनीतिको भर्ती केन्द्रजस्तै बनेका छन् ।’

खबरहबसँगको कुराकानीमा राईले नाटक तथा संगीत क्षेत्रको अवस्था पनि उस्तै नाजुक भएको बताए । उनले आफू कलाकार स‍‍ंघमा समेत भएकाले चुनावका बेला कसरी लबिङ हुँदो रहेछ भन्ने समेत बुझ्न पाएको खुलाए ।

‘राज्यलाई चलचित्र क्षेत्र पनि हाम्रो समाज र राज्यको अंग हो भन्ने लाग्छ भने यो क्षेत्रलाई सम्बोधन गर्नुपर्छ, तर सरकारले हेरेको छैन,’ दयाहाङले कुराकानीका क्रममा भने, ‘चलचित्र विकास बोर्ड त बकाइदा पार्टीको भर्ती केन्द्रजस्तो भएको छ, यस्तो हुनु हुँदैनथ्यो ।’

उनले चलचित्र विकास बोर्डमा पार्टी निकट व्यक्तिलाई नियुक्त गरिने गरिएको र उनीहरुले चलचित्र क्षेत्रका ठाउँमा खासै उपलब्धीमूलक कार्य नगरेको बताए । उनले भने, ‘मैले यो कुरा पहिलेदेखि नै भन्दै आइरहेको छु कि, भिजन भएको मान्छे छ भने जुनसुकै पार्टीको भए पनि फरक पर्दैनथ्यो, तर यहाँ त्यस्तो देखिँदैन ।’

उनले कुनै पनि निकाय भातृ संगठनजस्तो हुनु भनेको  उक्त क्षेत्रको विकासको बाधक भएको पनि बताए । उनले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारले जतिसक्दो छिटो कदम चाल्नुपर्ने र यो क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्