संसदको शुन्य समयमा सांसदको प्रश्न– सुगौली सन्धिको दस्तावेज हराएको हो ? « Khabarhub

संसदको शुन्य समयमा सांसदको प्रश्न– सुगौली सन्धिको दस्तावेज हराएको हो ?


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद टेक बहादुर बस्नेतले श्रम ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐनअनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराए ।

सांसद दिल बहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिपक प्रकाश भट्टले पर्यटन वर्ष मनाउने क्रममा सुदूरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने भन्दै टनकपुर नाका संञ्चालनमा ल्याएर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद देव प्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने धेरै पुलहरु बगाएर लगेको र ती पुलहरु अहिलेसम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डाक्टर नारायण खड्काले १८१५ को सुगौली सन्धि र १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सीमा सन्धि तथा महत्वपूर्ण दस्तावेजहरु हराएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै यस्ता महत्वपूर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै सम्बन्धित मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ०६ बजे

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्