विद्युत प्राधिकरणले एक वर्षमा कमायो ७ अर्ब बढी नाफा « Khabarhub

विद्युत प्राधिकरणले एक वर्षमा कमायो ७ अर्ब बढी नाफा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल विद्युत् प्राधिकरणको नाफा कमाईमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब बढी नाफा कमाएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो ।

प्राधिकरणले साँवा , ब्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ । अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलब १३ प्रतिशत छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समयदेखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा काबेली करिडोर लगायतका उत्पादनतर्फ १, प्रशारणतर्फ ३ र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । उनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियान अर्न्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै शुरु गरिने बताए ।

विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवाविस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।