झापामा सुविधा-सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आउँदै « Khabarhub

झापामा सुविधा-सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आउँदै


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।

सन् २०१८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्मााको काम थालेको अस्पतालले आगामी पुस महिनादेखि अस्पताल संचालन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयबाट ३ सय शय्या रहने गरी स्वीकृति पाएको अस्पतालले पहिलो चरणमा एक सय शय्याबाट पुसदेखि सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र कुमार यादवले बताए ।

अस्पताल संचालनका लागि चार अर्व लागतमा डेढ वर्ष अघि भवन निर्माणको काम शुरु भएको थियो । अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरणहरु जडानको काम भइरहेको अस्पतालका डाइरेक्टर डा यादवको भनाइ छ ।

क्यान्सर अस्पताल सञ्चालका लागि ४५ करोडको ३ वटा रेडियसन मेसिन खरिद गरी जडानको प्रक्रियामा रहेको डा यादवले बताए । ‘अहिले हामीले ३ वटा रेडियसन मेसिन भित्र्याइसकेका छौं, अब ३ महिनाभित्रमा यो मेसिन जडान गछौं,’ अस्पतालका डाइरेक्टर डा यादवले खबरहबसँग भने, ‘ प्रदेश नम्बर एक र दुईका क्यान्सरका बिरामीका लागि लक्षित गरेर हामीले अस्पताल सञ्चालनमा ल्याउन लागेका हौं । पुसदेखि हाम्रो अस्पताल सञ्चालनमा आउँछ ।’

क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै प्रदेश १ र प्रदेश २ मा रहेका क्यान्सरका बिरामील सहज रुपमा उपचार सेवा पाउने अस्पताल सञ्चालकको विश्वास छ ।

प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता रहदै आएको छ ।

अस्पताल सञ्चालनमा आएपछि क्यान्सरको उपचारका लागि भारत जानुपर्ने प्रदेश एक र दुईका बिरामीले राहात महसुग गर्ने डा यादवको विश्वास छ ।

‘प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा धेरै बिरामीहरु भारत जाने गरेका थिए,’ डा यादवले भने, ‘हाम्रो अस्पताल सञ्चालन भएपछि बिरामीले नेपालमै सहज रुपमा उपचार पाउनेछन्, भारत जानुपर्ने बाध्यताको हट्ने छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : १८ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि