भीभोको एस वान मोबाइल नेपाली बजारमा  « Khabarhub

भीभोको एस वान मोबाइल नेपाली बजारमा 


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भीभो नेपालले आफ्नो नयाँ प्रोडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्याग लाईन राखेको छ । जसले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई प्रतिनिधित्व गर्दछ । जो उत्साहित, स्टायलिस, र सँधै नयाँ ट्रेण्डलाई आत्मसात गर्ने किसिमका हुन्छन् ।

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडी, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहितको रहेको छ । यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काई लाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ ।

‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो । जसले नेपाली उपभोक्ताहरुको बढिरहेको विभिन्न आवश्यकताहरुलाई पूर्ति गर्दछ । भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ताहरु जो स्टायलिस स्मार्टफोन चाहन्छन र उनीहरुको लाईफस्टायलसँग मिल्ने फिचरहरु खोज्ने गरेको पाईएको छ,’ भीभो नेपालका जनरल म्यानेजर मार्सले भने ।

लाईफस्टायललाई सपोर्ट गर्ने उत्कृष्ट परफरमेन्स

बजार निर्देशक ग्याभिनले भने, ‘भीभो एस १ ले स्मार्टफोन छनौट गरिरहेका युवा उपभोक्ताहरुको विशेषताहरुलाई समाहित गरेको छ, जुन स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रीनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स, र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ । भीभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन् । यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ ।’

भीभो एस १ मा ६ जीबी र्‍याम र १२८ जीबीको आन्तरिक स्टोरज (रोम) रहेको छ । जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न, तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिङ्ग, मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ । उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भीभो एस १ लामो समयसम्म सक्रिय रहने युवा उपभोक्ताहरुका लागि विभिन्न तरिकाले सहयोगी हुन तयार छ ।

मोबाइल गेमिङ्ग फिचर

भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिङ्ग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिङ्ग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउँछ ।

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा रु ३४,६९० मा उपलब्ध छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ४९ बजे

उपत्यकामा सडक जलमग्न

काठमाडौं– लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्

उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव

बिरामी हुनु अपराध होइन प्रधानमन्त्रीज्यू, जनताको उपचारमा थप करको भार किन ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले चालु आर्थिक वर्ष २०८३/८४