एभिसी सेन्ट्रल जोनको तयारी पूरा, खेल तालिका अझै आउन सकेन « Khabarhub

एभिसी सेन्ट्रल जोनको तयारी पूरा, खेल तालिका अझै आउन सकेन


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना हुन लागेको एसियन भलिबल च्याम्पियनसिप (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

मंगलबार नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भडहलमा हुनेछ । सेन्ट्रल जोनमा नेपालसहित ७ देशका राष्ट्रिय भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियन भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान छन् । प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा बाँडेर खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले मेडल प्राप्त गर्ने भलिबल संघले जानकारी दिएको छ ।

यता, प्रतियोगिताका लागि ६ दिनमात्रै बाँकी रहेपनि आयोजक भलिबल संघले खेल तालिका बनाउन सकेको छैन । केही दिनभित्रै तालिका सार्वजनिक गर्ने तयारी भलिबल संघले गरेको छ । खेल तालिकाबाहेक प्राविधिक कामहरु सबै टुङ्गी सकेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताएका छन् ।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको एभिसीका दौरान खेलाडी तथा प्राविधिक टोलीको सुरक्षालगायत बन्दोबस्त भइसकेको चन्दले बताए ।

आर्मीको कभर्डहलमा हुन लागेको प्रतियोगितामा खेल हेर्नका लागि दर्शकलाई भने टिकट नलाग्ने महासचिव चन्दले जानकारी दिए ।

मंगलबार संघ र श्रेष्ठ टेलरिङबीच ४ लाख १० हजार बराबरको सम्झौता समेत भएको छ । संघले श्रेष्ठ टेलरिङसँग संघका पदाधिकारीका लागि ४१ सेट ‘ब्लेजर’ बनाइदिने शर्तसहित सम्झौता गरेको हो ।

संघले प्रतियोगिताका लागि पदाधिकारीलाई वितरण गर्ने योजनासहित श्रेष्ठ टेलरिङसँग सम्झौता गरेपनि खेलाडीले भने पाउने छैनन् । भलिबल संघका महासचिवले खेलाडीलाई भने अर्को प्रतियोगितामा ब्लेजर उपलब्ध गराउने बताएका छन् ।

एभिसीका लागि मंगलबार बिहान अफगानिस्तानको भलिबल टोली नेपाल आइसकेको छ भने अन्य टोली आउनेक्रम जारी रहेको भलिबल संघले जनाएको छ । बुधबार र बिहीबार नेपाल र अफगानिस्तानी टोलीले मैत्रिपूर्ण खेल खेल्नेछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको