मंगलबार नेप्से परिसूचक ओरालो « Khabarhub

मंगलबार नेप्से परिसूचक ओरालो


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले घटेर २६७.१४ मा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ मध्ये एक उपसमूहको शयेर मात्र बढेको छ । सामूहिक लगानी कोषको शेयर ० मा रहँदा बैंकिङ १.३१, होटल २२.५२, विकास बैंक ७.२४, जलविद्युत् १, वित्त २.३६, निर्जीवन बीमा ४.५१, उत्पादन ८.८१, अन्य ४.७७, लघुवित्त १.४२ र जीवन बीमा १९.४ अङ्कले घटेका छन् ।

कारोवार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु १२ करोड ९६ लाख ७१ हजार २७ मा खरीद बिक्री भए । त्यस्तै लक्ष्मी बैंक रु आठ करोड ६१ लाख एक हजार ४३०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ९१ लाख ८२ हजार ५००, नेपाल बैंक लिमिटेड रु एक करोड ४५ लाख ६६ हजार ३६५ र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर रु एक करोड ४३ लाख ४५ हजार ५७३ मा खरीद बिक्री भए ।

परिसूचक घटे पनि युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ७.६२ प्रतिशतले कमाए । त्यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.६३, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.२२, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.४५ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१७ प्रतिशतले कमाए ।

एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३.७२ प्रतिशतले गुमाउँदा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी ३.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.३७, पाँचथर पावर कम्पान्ट लिमिटेड ३.१७ र ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ४६ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर