बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधि भनेपछि संसदमा बाजाबाज | Khabarhub Khabarhub

बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधि भनेपछि संसदमा बाजाबाज


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद भीमबहादुर रावलले असमान र अपमानजनक सन्धिबाट मुलुकलाई मुक्त गर्न सरकारले कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले शक्तिशाली सरकारले विगतमा भएका गलत सम्झौताबाट मुलुकलाई मुक्त राख्नुपर्ने धारणा राखेका हुन् । उनले नेपालको सार्वभौम सत्तामा आँच पुर्‍याउने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने तर्क गरे ।

उनले भने ‘नेपाली युवा–युवतीलाई विदेशी सेना भर्ती गरिने नेपालको सार्वभौमसत्तामा आंच पुर्‍याउने निरंकुश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गरिनुपर्छ । भूतपूर्व गोर्खाका न्यायोचित आवाज सुनिनुपर्छ र त्यसलाई सम्बोधन गरिनुपर्छ ।’

उनले नेपाल कुनै पनि शक्ति राष्ट्रसँगको संयुक्त सैनिक अभ्यासमा सहभागी हुन नहुने तर्फ सरकारलाई सचेत गराए । उनले भने ‘कुनै पनि शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति दिँदैन । त्यस प्रकारको गठजोडमा लाग्नु नेपालको हितमा पनि छैन । देशभित्र र बाहिर संयुक्त बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ । प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सीमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदान प्रदान गर्न सकिने भएतापनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुईपक्षीय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुदैन ।’

उनले छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर तात्कालिन राजनीतिक परिस्थितिलाई गम्भीर विश्लेषण गर्दै राष्ट्रहितका पक्षमा दृढताका साथ उभिनुपर्नेमा जोड दिए । शान्ति प्रक्रियाका बाँकी काम पूरा नगर्न विदेशी हस्तक्षेप बढ्न सक्ने भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिनको बाँकी काम अबिलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

संसदीय समितिका सदस्यहरुबाट राष्ट्रिय परिचय पत्रमा राखिएका जानकारी सार्वजनिक पहुँचमा पुग्ने आशंका व्यक्त भईरहेका बेला सांसद रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, भन्सारको महसुल संकलनजस्ता संवेदनशील तथ्यांकहरुको अभिलेख विदेशी सर्भरमा राख्न दिन नहुने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले निर्मला पन्त घटनाको बारेमा गृहन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाए । मन्त्री थापाले ‘निर्मला प्रकरण हिजो पनि भएका थिए, आज पनि छ र भोली पनि केही समय रहन्छ’ भनेर घटनालाई हल्का रुपमा प्रस्तुत भएको भन्दै उनले, ‘के तपार्इंको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको भए त्यही अभिव्यक्ति हुने थियो ?’ भनी प्रश्न गरे ।

निर्मला पन्त प्रकरणलाई २०३८ सालमा पोखरामा भएको नमिता–सुनिता प्रकरणसँग तुलना गर्दै उनले विगतमा श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट घटना भएको दाबी गरे ।

कँडेलको अभिव्यक्तिमा नेकपाका सचेतक शान्ता चौधरीले नियमापत्ति गरेपछि नेपाली कांग्रेसका मीन विश्वकर्माले सांसद बोलिरहेको अवस्थामा उठेर बोल्ने कुन नियममा छ भन्दै दोहोर बाजाबाज गराउन नपाईने भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

त्यसैगरी नेकपाका सांसद अग्निप्रसाद सापकोटाले रुग्न उद्योग संञ्चालन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयले के गरिरहेको छ भन्दै त्यसबारे जानकारी माग गरे । उनले दोलखाको खरी ढुङ्गामा २०३५ सालमा ओरेन म्याग्नेसाईटको खानी सञ्चालनका ओरेण्टी म्याग्नेसाईट कम्पनी लिमिटेड भएर गठन भएको उद्योग अहिलेसम्म सञ्चालन आउन नसकेको भन्दै सो कम्पनी सञ्चालन गर्ने सम्बन्धमा विशेष अध्ययन गरि आवश्यक पहल गर्न अर्थ र उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए ।

सरकारको ७५ र निजी क्षेत्रको २५ प्रतिशत शेयर रहेको सो कम्पनीले उत्पान शुरु गर्ने हो भने बार्षिक २ अर्बभन्दा बढीको निर्यात हुने दाबी उनले गरे । लामो समयदेखि मुद्दा चलिरहेको सो कम्पनी सञ्चालन गर्ने तर्फ सरकारको अहिलेसम्म ध्यान नजानुले सरकार कसरी चलेको छ भन्ने तस्वीर देखिएको भन्दै उनले सो कम्पनीको स्थितिबारे यथार्थ जानकारी गराउन पनि माग गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ३० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने