भरुवा बन्दुक बरामद « Khabarhub

भरुवा बन्दुक बरामद


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ तत्काल नामथर वतन नखुलेका पुरुष व्यक्तिले लोड गरी बोकेको बन्दुक फ्याकेको अवस्थामा उक्त बन्दुक बरामद गरेको र ती व्यक्ति फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले फरार व्यक्तिको खोजतलास भइरहेको जनाएको छ ।

यस्तै प्रहरीले लागुऔषध र केही विदेशी मुद्रासहित गोलबजार–४ निवासी ४० वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहले बोकेको झोलाबाट डाइलोक्स डिसी सात बोतल, नाइट्रोभेट १० ट्याब्लेट, नगद रु ३१ हजार ५८५, भारु चार हजार ३२० सहित अमेरिकन डलर रु एकको एक थान, पाँचका दरका दिराम दुई, मलेसियन रिंगेट एकका दुई, कतारी रियाल १० का दरको एक र चिनियाँ युआन एकाको एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ५२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला