समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही, १ करोड २२ लाख जरिवाना असुली « Khabarhub

समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही, १ करोड २२ लाख जरिवाना असुली


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट एक करोड २२ लाख रुपैयाँ जरिवाना असुली गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो ।

आयोजना प्रमुख अभिमनदास मुल्मीकाअनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन् ।

कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सनबाट रु ५९ लाख ६९ हजार, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनबाट रु ५४ लाख ५३ हजार, इलाइट कन्स्ट्रक्सनबाट रु सात लाख ७३ हजार, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सनबाट रु एक लाख ७५ हजार तथा एरिमा कन्स्ट्रक्सनबाट रु एक लाख १९ हजार असुली गरिएको मुल्मीले जानकारी दिए ।

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट जोड्ने उक्त सडकको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वीखण्ड कार्यालयले पाँचथरदेखि भोजपुरसम्मको ३८६ किलोमिटर सडकको काम हेर्दैआएको छ । सो खण्डमा १८२ किलोमिटर सडक कालोपत्रे भइसकेको मुल्मीले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु