“डेंगुको औषधि छैन, खोप तथा औषधि सेवनबाट निर्मूल हुँदैन” « Khabarhub

“डेंगुको औषधि छैन, खोप तथा औषधि सेवनबाट निर्मूल हुँदैन”


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर डेंगुको संक्रमण भयावह रुपमा फैलिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको र जिल्लागत रुपमा चितवन सबै भन्दा बढी प्रभावित भएको जनाएको छ ।

मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए । रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएको उनले बताए ।  उनले खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने  बताए ।

यसैबीच डा. बैधनाथ प्रधानले फेसबुकमा एउटा हस्तलिखित तस्वीर राख्दै डेंगुका लक्षण उपचार विधिबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्– ‘डेंगुको औषधि छैन । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलवियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केही गाह्रो अनुभव भएमा तुरुन्त अस्पताल भर्ना हुने ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ३९ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका