“डेंगुको औषधि छैन, खोप तथा औषधि सेवनबाट निर्मूल हुँदैन” « Khabarhub

“डेंगुको औषधि छैन, खोप तथा औषधि सेवनबाट निर्मूल हुँदैन”


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर डेंगुको संक्रमण भयावह रुपमा फैलिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको र जिल्लागत रुपमा चितवन सबै भन्दा बढी प्रभावित भएको जनाएको छ ।

मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए । रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएको उनले बताए ।  उनले खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने  बताए ।

यसैबीच डा. बैधनाथ प्रधानले फेसबुकमा एउटा हस्तलिखित तस्वीर राख्दै डेंगुका लक्षण उपचार विधिबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्– ‘डेंगुको औषधि छैन । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलवियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केही गाह्रो अनुभव भएमा तुरुन्त अस्पताल भर्ना हुने ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ३९ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४