सनी लियोनलाई लिड रोलमा लिएर नयाँ फिल्म बन्ने, लण्डनमा शूटिङ हुने « Khabarhub

सनी लियोनलाई लिड रोलमा लिएर नयाँ फिल्म बन्ने, लण्डनमा शूटिङ हुने


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतमा आइटम नृत्य गरेर चर्चामा रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई शीर्ष भूमिकामा अनुबन्ध गरेर नयाँ फिल्म निर्माण गरिने भएको छ । ‘पासवर्ड’ का निर्मातामध्येका एक अमीत बस्नेतले सनीलाई शीर्ष भूमिकामा लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरे ।

बिहीबार राजधानीमा भएको प्रिमियर शोको कार्यक्रममा बोल्ने क्रममा उनले ‘ब्रेकिङ न्यूज’ भन्दै अर्को चलचित्रमा सनी लियोनीको शीर्ष भूमिका रहने बताए । ‘तपाईंहरुका लागि एउटा ब्रेकिङ समाचार छ, हामीले अर्को चलचित्रमा सनी लियोनीलाई लिड रोलमा लिएर चलचित्र निर्माण गर्नेछौँ, उक्त चलचित्रको पूरै छायांकन लण्डनमा हुनेछ,’ उनले भने ।

यता सनीले पनि आफू नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको बताउँदै आएकी छिन् । उनले चलचित्र ‘पासवर्ड’ को गीतमा आफूले आइटम डान्स गर्न पाउँदा खुशी लागेको र नेपाल आफ्नो मन पर्ने देश भएको बताइन् ।

प्रिमियर शोमा भारतबाट आएकी सनी नै मुख्य आकर्षण बनेकी थिइन् ।

यद्यपि प्रिमियरमै अर्को प्रोजेक्टको घोषणा गरिए पनि यो चलचित्र बन्नेमा भने शंका गरिएको छ । यता चलचित्र ‘पासवर्ड’ ले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । धेरैले चलचित्रको कथा चित्तबुझ्दो नभएको र सम्पादन पनि राम्रोसँग नगरिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ५५ बजे

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक