साम्राज्ञी र श्रद्धा कपूर एउटै रोगबाट पीडित ! « Khabarhub

साम्राज्ञी र श्रद्धा कपूर एउटै रोगबाट पीडित !


२७ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही हप्ता पहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले खबरहबसँगको कुराकानीमा आफू एन्जाइटीबाट पीडित भएको बताएकी थिइन् । बाली काण्डमा फसेपछि साम्राज्ञीले आफूमा उक्त समस्या दोहोरिएको बताएकी थिइन् । बलिउड अभिनेत्री श्रद्धा कपूर पनि यही रोगबाट पीडित रहेको एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छिन् ।

श्रद्धा कपूरले आफू विगत ६ वर्षदेखि एन्जाइटीको सामना गर्नुपरेको बताएकी हुन् । भारतीय मिडियाका अनुसार श्रद्धालाई चलचित्र ‘आशिकी २’ पछि एन्जाइटी भएको थियो ।

‘मलाई पीडा भइरहेको थियो तर जाँच गर्दा कुनै पनि बिमार देखिएन, म आफैलाई अचम्म लागिरहेको थियो कि, यो कस्तो पीडा हो,’ श्रद्धाले उक्त अन्तर्वार्तामा भनेकी छिन् । उनले पछि आफूलाई शारीरिक रुपमा एन्जाइटी भएको महसुस गरेको बताएकी छिन् ।

श्रद्धाले अहिले पनि आफू यो समस्या भोगिरहेको तर पहिलेभन्दा ठीक भएको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘तपाईं को हो र कुन कुराको पक्षमा हुनुहुन्छ भन्ने चाहिँ बुझ्न सक्नुपर्छ ।’

साम्राज्ञीले पनि खबरहबसँगको अन्तर्वार्ताका क्रममा आफू लामो समयदेखि एन्जाइटीको समस्या भोगिरहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई कुनै कुराको स्ट्रेस भयो भने एन्जाइटी हुन्छ, पुराना र भुल्न खोजेका अतीत झन् सम्झनामा आउँछ, आजभोलि म कूल हुने प्रयासमा छु ।’

प्रकाशित मिति : २७ भदौ २०७६, शुक्रबार  १० : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति