श्रीमतीको हत्या गरी फरार भएका विनोद १५ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या गरी फरार भएका विनोद १५ वर्षपछि पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

औरही– श्रीमतीलाई मारेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ (साविकका औरही गाविस वडा नं ८) का  विनोद सदा छन् ।

१५ वर्षपछि पक्राउ परेका सदा मुसहरलाई प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विनोदले १८ कात्तिक २०६१ मा औरही नगरपालिका वडा नम्बर  २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नी ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए ।

प्रहरी निरीक्षक किशोर अचार्यले फरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताए ।

विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ४९ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना