इन्द्रजात्रामा गएका पूर्वडीआइजी भट्टसहित केही पक्राउ « Khabarhub

इन्द्रजात्रामा गएका पूर्वडीआइजी भट्टसहित केही पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको कार्यक्रमलाई बिथाल्न खोजेको भन्दै प्रहरीले पूर्वडीआइजी विजयराज भट्टसहितका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

इन्द्रजात्राको समयमा बसन्तपुर क्षेत्रमा विरोध प्रदर्शनको योजना बनाइरहेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोधको कार्यक्रम गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाए ।  उनीहरुलाई नियन्त्रणमा लिएसँगै बसन्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि बसन्तपुर जाने काय्रक्रम भएका कारण सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ४८ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं