संशोधित नागरिकता विधेयक अध्ययनको लागि समय माग्दा संसदीय समितिमा भनाभन « Khabarhub

संशोधित नागरिकता विधेयक अध्ययनको लागि समय माग्दा संसदीय समितिमा भनाभन


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संशोधनसहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सांसदहरुबीच मत बाँझिदा संसदीय समितिको बैठक केही समय प्रभावित बन्यो ।

प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तयार पारेको संशोधन विधेयक प्रतिवेदन अध्ययनका लागि समय पाउनुपर्ने धारणा राखेका थिए ।

तर सभापति शशी श्रेष्ठले वैबाहिक अंगिकृत नागरिकताको विषयमा संशोधन भएर आएको दफामा मात्रै छलफल गरि निर्णयमा पुग्न दबाब दिएपछि बैठकमा केहीबेर सांसद र सभापतिबीच भनाभनको स्थिति देखा पर्यो ।

अधिकांश सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषय भएकाले हतारमा निर्णयमा पुग्न नहुने भन्दै एक दिन अध्ययनका लागि समय दिन माग गरेका थिए ।

सांसदहरु बृजेष कुमार गुप्ता, दिलेन्द्र प्रसाद बडू, कृष्ण गोपाल श्रेष्ठ, पम्फा भुसाल लगायतले अन्तिम प्रतिवेदन अध्ययनका लागि एक दिन समय दिनुपर्ने माग गरेका थिए । तर सभापति श्रेष्ठले भने विधेयकमाथि लामो छलफल भईसकेकाले अब पारित गरेर अघि बढ्नुपर्ने जिकिर गरेकी थिइन् ।

बैठकमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव सुवास भट्टराईले मातृत्व र पितृत्व ठेगान नलागेका सन्तानलाई प्रदान गरिने नागरिकताको व्यवस्था, लिंग परिर्वतन पछि नागरिकता उपलब्ध गराउने व्यवस्था तथा नेपाली नागरिकसंग विहे गरेर आउने विदेशी महिला र पुरुषलाई उपलब्ध गराईने अंगिकृत नागरिकताको सम्बन्धमा विधेयकमा गरिएको संशोधनहरु पढेर सुनाएका थिए ।

बैवाहिक अंगिकृत नागरिकताको सवालमा समितिमा लामोसमय देखि छलफल हुदै आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : ५४ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ