के हो हिप फ्याक्चर ? कस्तो छ यसको उपचार | Khabarhub Khabarhub

के हो हिप फ्याक्चर ? कस्तो छ यसको उपचार


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि दुर्घटना हुनासाथ हामी शरीरको बाहिरी भागमा चोट लागे नलागेको र रगत बगेको छ कि छैन भनेर हेर्ने गर्दछौ । यदी शरीरको बाहिरी भागमा ठुलो चोट नलागे वा रगत नबगेमा हामी त्यसलाई सामान्य सम्झेर छाडि दिन्छौ ।

तर कुनै पनि दुर्घटनामा पर्दा हाम्रो शरीरमा बाहिरी भागमा लागे जस्तै शरीरको भित्रि भागमा समेत चोट लाग्ने गर्दछ । त्यसैले दुर्घटनामा परे लगत्तै सबैभन्दा पहिला शरीरका भित्रि भागमा चोट लाग्यो कि भनेर तुरुन्त परीक्षण गराउनु पर्दछ ।

किनकी दुर्घटनाबाट टाउको, छाती वा पेटमा चोटपटक लागेमा त्यसको अनिवार्य उपचार गराउनु पर्दछ ।

यसरी दुर्घटना हुदा वा लड्दा कहिले काहि हाम्रो शरीरको हिप (कम्मरको हड्डि) फ्याक्चर हुने संभावना हुन्छ । यदि हिप फ्याक्चर भएमा यसको उपचार गर्न निकै जटिल हुने गर्दछ ।

हिप फ्याक्चर भएको छ भने त्यसलाई जोड्न जति ढिला गर्याे उति नै खतरा बढ्दै जान्छ । त्यसैले हिप फ्याक्चरको सकेसम्म तुरुन्त उपचार गर्नु पर्दछ । जति छिटो उपचार गर्याे फ्याक्चरबाट निम्तने खतरा उति नै न्युन हुदै जान्छ । अन्यथा कतिपय अवस्थामा शल्यक्रिया गर्दा निकै जोखिम समेत हुने गर्दछ ।

हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव छ । शल्लेक्रियामा छुट्टिएको हड्डिलाई नहल्लिने गरी स्क्रु, रड र प्लेटको प्रयोग गरि एक ठाउमा जोडिन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ४ : ०१ बजे

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र