पुरुष फुटबलरको भन्दा महिलाको अन्तर्राष्ट्रिय गोल संख्या झण्डै तीन गुणा « Khabarhub

पुरुष फुटबलरको भन्दा महिलाको अन्तर्राष्ट्रिय गोल संख्या झण्डै तीन गुणा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली खेलकुदमा जति चर्चा फुटबलको हुन्छ, त्यति नै आलोचना पनि । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबललाई चलायमान बनाएको छ ।

उमेर समूहदेखि सिनियर पुरुष र महिला टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । तर पनि नेपाली फुटबल दक्षिण एसियाली क्षेत्रमै उपाधिका लागि संघर्ष गरिरहेको छ ।

नेपाली पुरुष टोलीले सहभागिता जनाउने प्रतियोगितामा गोल हुन नसक्दा कतिपय समय उपाधि दाबेदारीबाट चुक्दै आएको छ ।
त्यस्तै, महिला टोलीको हकमा पनि उपाधि नै ल्याउन भने टिम चुकिरहेको छ । तर, पुरुष टोलीको भन्दा गोल संख्यामा भने महिला खेलाडी निकै अगाडि देखिएका छन् ।

नेपाली फुटबलमा पुरुष खेलाडी व्यक्तिगत अहिलेसम्म सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्या १३ छ । जसमा दुई जना पूर्व फुटबलरले समान १३–१३ गोल गरेका छन् । हरि खड्का र निराजन रायमाझि सर्वाधिक गोलकर्ताको सूचिमा शिर्ष स्थानमा छन् ।

सक्रिय खेलाडीहरुमा भने भरत खवासको गोल संख्या १० पुगेको छ ।

यता, महिल खेलाडीको हकमा भने अन्तर्राष्ट्रिय गोलमा पूर्व राष्ट्रिय टोलीकी कप्तान अनु लामाले सर्वाधिक ३५ गोल गरेकी थिइन् । त्यसलाई बिहीबार किर्गिस्तानको नादेझ्दा कपको फाइनलमा दुई गोल गरेकी सावित्रा भण्डारीले बराबरी गरिसकेकी छन् ।

राष्ट्रिय महिला टोलीमा सन् २०१४ मा डेब्यु गरेकी सावित्राले ५ बर्षको अबधिमा ३५ गोल गरिसकेकी छन् । अब सावित्रालाई सर्वाधिक गोलकर्ता बन्न मात्रै एक गोलको आवश्यकता छ ।

अहिले सावित्रा र अनुको नाममा महिला टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको नाम आउँछ । सावित्राले किर्गिस्तानमा रहँदा ४ खेलमा ७ गोल गर्दै उक्त प्रतियोगितामा सर्वाधिक गोल कर्ता समेत भइन् । यद्यपि नेपाली टोली फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि उपविजेतामै सिमित रह्यो ।

विश्व फुटबललाई हेर्ने हो भने पनि पुरुष फुटबलको तुलनामा महिला फुटबलले त्यस्तो धेरै उचाइ लिन सकिरहेको छैन । तर पनि पछिल्लो समय महिला फुटबल र महिला खेलाडीको पारिश्रमिक देखि हरेक कुराहरुको बहस विश्व बजारमा चुलिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : २९ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका