बच्चामा नाचिरहेको गीतमा नाच्न पाएँ: साम्राज्ञी « Khabarhub

बच्चामा नाचिरहेको गीतमा नाच्न पाएँ: साम्राज्ञी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्राय: हट अवतारमा देखिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह शुक्रबार चलचित्र ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा सारीमा सजिएर उपस्थित भइन् । सारीमा आफूलाई सुहाएझैं लागे पनि उनी सारी लगाएर हिँड्न भने असहज मान्छिन् ।

चलचित्रको शीर्ष गीतमा निर्देशक अशोक शर्माका छोरा अकिंत खड्कासँग कम्मर मर्काएकी साम्राज्ञीले शुक्रबार कार्यक्रममा बोल्दै आफू परम्परागत गीतमा नाच्न पाउँदा रमाइलो लागेको बताइन् । कार्यक्रममा बोल्दै साम्राज्ञीले यो गीतमा आफू नाच्दा सानोमा नाचेझैँ गरी अहिले पनि नाचेको धारणा राखिन् ।

‘रातो टीका भन्दै बच्चामा नाच्थेँ, बच्चामा मन परेको गीतमा आफै नाच्न पाउँदा खुशी लाग्यो,’ साम्राज्ञीले भनिन् । सानोमा परिवारका साथ गीतमा नाचेझैँ गरी आफू नाचेको उनको भनाइ थियो ।

‘रातो टीका निधारमा’ लाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुंगाना, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, शिवहरि पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै यो चलचित्र दशैँको अवसर पारेर आउँदो मंसिर १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ५३ बजे

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक