एनओसीको निर्वाचन शनिबार, १९ पदमा २६ जनाको उम्मेदवारी « Khabarhub

एनओसीको निर्वाचन शनिबार, १९ पदमा २६ जनाको उम्मेदवारी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन शनिबार शुरु हुनेछ । सातदोबाटोस्थित एनओसीको भवनमा हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

शनिबार बिहानका लागि तोकिएको निर्वाचनको अन्तिम दौड धुपमा विभिन्न पदमा उम्मेद्वारी दिएका व्यक्तिहरु लागि रहेका छन् । अध्यक्षका लागि संघिय संसदका सांसद तथा वर्तमान अध्यक्ष जिवनराम श्रेष्ठ र ब्यावसायी तथा पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठको उम्मेद्वारी रहेको छ ।

यी दुई उम्मेद्वारले यसअघिको एनओसी र्विाचनमा पनि प्रतिस्पर्धा गरेका थिए । जहाँ जिवनराम श्रेष्ठले उमेशलाल केही भोटको झिनो अन्तरले पराजित भएका थिए ।

स्की संघका समेत अध्यक्ष रहेका जीवनराम दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होकिइरहँदा उमेशलाल भने अघिल्लो पटकको बदला लिँदै एनओसीको अध्यक्ष बन्ने दाउमा छन् ।

जम्मा २७ जनाको मताधिकार रहेको एनओसीमा २६ जना कुनै न कुनै पदमा गरी उम्मेद्वार रहेका छन् । त्यसमध्ये २ पद कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् ।

बाँकी रहेका १७ पदका लागि अहिलेसम्म पनि उम्मेद्वारहरु भोटका लागि एकअर्कालाई आग्रह गरिरहेका छन् । अध्यक्षका प्रत्यासि दुवै उम्मेद्वारले आ–आफ्नो पक्षमा माहौल बनिरहेको दाबी गर्दै आएका छन् ।

सत्तारुढ दल नेकपाका कार्यकर्ता एनओसीको चुनावी मैदानमा तयार भइरहँदा पार्टी भित्रको गुटगत राजनीति एनओसीमा पनि स्पष्ट देखिएको छ । जसमा जीवनराम माधव कुमार नेपाल निकट हुन भने उमेशलाल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यक्ति हुन् ।

निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ३७ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई