बसन्तपुरबाट शिव सेना नेपालका अध्यक्षसहित ५० कार्यकर्ता पक्राउ « Khabarhub

बसन्तपुरबाट शिव सेना नेपालका अध्यक्षसहित ५० कार्यकर्ता पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्रामा सरिक विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेका शिव सेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति लगायतका विशिष्ट पदािधकारीविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै प्रहरीले शिव सेनाका कार्यकर्तालाई बसन्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले शिव सेना नेपालका करिब ५० कार्यकर्तालाई पक्राउ गरेको अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिए ।

धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने अध्यक्ष बस्नेतले आरोप लगाए ।

करिब १ हजार पार्टीका नेता तथा कार्यकर्ताले कालो पहिरनमा धर्मनिरपेक्षता पक्षधरका विशिष्ट पदाधिकारीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रहरीले अध्यक्ष अनिल बस्नेतसहित पूर्व डिआईजी विजय भट्ट, पूर्व मेजर केशव बस्नेत लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै