अबैध उत्खनन गर्ने टिपर र चालकसहित प्रहरी नियन्त्रणमा « Khabarhub

अबैध उत्खनन गर्ने टिपर र चालकसहित प्रहरी नियन्त्रणमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीबाट अवैध उत्खनन् गरेको भन्दै जेसिबी, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा १७ जना चालक, तीन जेसीबी र १६ वटा टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।

महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिकाबीच किचलो यथावत् छ । दुवै नगरपालिकाले आआफ्नो पायक पर्ने ठाउँबाट नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना