सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए । दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पुर्‍याइएको थियो ।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ । ट्रमा सेन्टरमा ८ घाइते उपचाररत छन् । ७ जना घर फर्केका छन् । शङ्करापुर अस्पतालमा रहेका सबै ८ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा १ घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : ०० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको