कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम पक्राउ « Khabarhub

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम पक्राउ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ ।

२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइने रौतहट प्रहरी स्रोतले जानकारी दिएको छ ।

पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले २७ चैत २०६४ मा रौतहटको फरदवा गाउँ (हाल राजपुर नगरपालिकाअन्तर्गत)मा बम विस्फोट गराइएको थियो ।

उक्त विस्फोटमा परेर ४ जनाको मृत्यु भएको थियो । लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटनाको विषयमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा आलमको संलग्नता रहेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले खबरहबलाई जानकारी दियो ।

‘बम विस्फोट घटनाको अनुसन्धानका लागि केन्द्र (प्रहरी प्रधान कार्यालय)बाटै विशेष टोली परिचालन भएको थियो,’ खबरहबको सम्पर्कमा आएका एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा आलमको संलग्नता रहेको देखिने प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटकै हिरासतमा राखेर अनुसन्धान गर्ने कि काठमाडौं ल्याउने भन्ने विषय अहिले नै टुंगो लाग्न नसकेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : २८ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको