सलमान खानको घरबाहिर करणी सेनाको प्रदर्शन, प्रहरीले बढायो सुरक्षा « Khabarhub

सलमान खानको घरबाहिर करणी सेनाको प्रदर्शन, प्रहरीले बढायो सुरक्षा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको लोकप्रिय शो ‘बिग बोस सिजन १३’ बन्द गर्न भन्दै बलिउड अभिनेता सलमान खानको घरबाहिर प्रदर्शन भएको छ । जसकारण मुम्बई प्रहरीले खानको घरबाहिर सुरक्षा बढाएको छ ।

भारतीय मिडियाका अनुसार करणी सेनाका सदस्यसमेत प्रदर्शनकारीको एक समूहले शुक्रबार पश्चिम मुम्बईको बान्द्रास्थित सलमान खानको निवास बाहिर प्रदर्शन गरेका थिए ।

खबरका अनुसार प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । साथै प्रहरीले सुरक्षा पनि बढाएको छ । रिपोर्टसका अनुसार ‘बेड फ्रेन्डस् फरएभर’ नामक नयाँ अवधारणा बिग बोस सिजन १३ मा देखाइएको र त्यसलाई रोक्नुपर्ने भन्दै प्रदर्शन भएको हो ।

यो अवधारणालाई लिएर करणी सेनासमेत कैयन् संगठनले आलोचना गरेका छन् । यसले अश्लीलतालाई बढावा दिने र भारतीय संस्कृतिको विरुद्धमा जाने उनीहरुको भनाइ छ । प्रहरीले भने कुनै अप्रिय घटना नघटोस् भनेर सलमान खानको घरबाहिर सुरक्षा बढाइएको बताएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : २४ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा