नेपाल– चीनबीच काठमाडौं केरुङ रेल र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी « Khabarhub

नेपाल– चीनबीच काठमाडौं केरुङ रेल र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच रेलमार्ग र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ ।

नेपाल र चीनबीच केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौं केरुङ सडक अन्तर्गत टोखा छहरे र वेत्रावती स्याफ्रुवेसी सुरुङ मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्र आदानप्रदान भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच योसहित विभिन्न १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल(चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : ५७ बजे

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए

भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

काठमाडौं– निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ ।

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सी– फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’