फिल्म निर्देशन गर्न किन डराइरहेका छन् निश्चल? « Khabarhub

फिल्म निर्देशन गर्न किन डराइरहेका छन् निश्चल?


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय निश्चल बस्नेतलाई निर्देशकका रुपमा भन्दा बढी कलाकारका रुपमा दर्शकले चिन्न थालेका छन् । अब निश्चल र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ कार्तिक ८ मा रिलिज हुँदैछ । यसअघि निश्चललाई फिल्म ‘प्रसाद’ मा पनि अभिनेताकै रुपमा देखिएको थियो ।

कुशल निर्देशक भनेर चिनिएका निश्चलले फिल्म ‘लूट’ निर्देशन गरेपछि तारिफमाथि तारिफ बटुले । उनले सोही फिल्मको दोस्रो सिक्वेल पनि निर्देशन गरे । उक्त फिल्मबाट भने उनले खासै चर्चा कमाउन सकेनन् । बरु उनले निर्देशन गरेको फिल्म ‘टलकज‌ंग भर्सेस टुल्के’ ले पनि चर्चा पायो । पछिल्लो समय भने निश्चल निर्देशनबाट दूर छन् ।

‘काले दाइ’ को परिचय बनाएका निश्चल बरु म्युजिक भिडियोमा भने देखिएका छन् । उनले फिल्म ‘दुई रुपैयाँ’ बाट पनि अभिनेताकै रुपमा राम्रो चर्चा पाएका थिए ।

चलचित्र ‘फिटकिरी’ मा निश्चल बस्नेत ।

त्यसो त निश्चल आफूले स्तरीय र फरक काम गर्न सक्छु भन्ने नलागेसम्म नयाँ फिल्म निर्देशन नगर्ने बताउँदै आएका छन् । अर्कातिर उनलाई म्युजिक भिडियो र फिल्ममा हिरोको रोल फापेको पनि छ । त्यस्तै फिल्म मेकिङ र वितरणमा पनि उनी उत्तिकै व्यस्त छन् ।

जे जसो भए पनि ‘लूट’ का फ्यानहरु निश्चलको निर्देशकीय क्षमतामा फेरि एकपटक शयर गर्न चाहेका छन् । तर, निश्चल भने तर्किएका छन् । बरु उनी ब्याक टु ब्याक फिल्ममा काम गरिरहेका छन् ।

खबर छ, निश्चल अब ‘लूट’ निर्माता माधव वाग्लेले निर्देशन गर्ने फिल्म ‘पारस’ मा पनि शीर्ष भूमिकामा देखिनेछन् । एकपछि अर्को गर्दै फिल्म खेलिरहेका निश्चल के निर्देशन गर्न डराएकै हुन् त? कि राम्रो स्किृप्ट नपाएर फिल्म निर्देशन नगरेका हुन्?

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ४० बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा