राजनीतिमा असम्भव भन्ने केही छैन– प्रचण्ड | Khabarhub Khabarhub

राजनीतिमा असम्भव भन्ने केही छैन– प्रचण्ड


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नभएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नभएको र असम्भव देखिने कुरा पनि राजनीतिक पार्टीको सहकार्यमा सम्पन्न बनाउन सकिने बताए ।

नेपाली कांग्रेसले शुरु गरेको चियापान संस्कृति राजनीतिक सहकार्यलाई अक्षुण राख्ने माध्यम बनेको भन्दै प्रचण्डले आगामी दिनमा पनि दलहरुबीचको सहकार्य जारी रहनुपर्ने बताए ।

गिरीजा प्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति प्रकृयाले सहयात्राको नयाँ अभियान प्रमाणित गरेको उनको भनाइ थियो ।

‘त्यतिवेला लिएका संकल्प र प्रतिवद्धता प्रति दृढ रहने र देशको राष्ट्रिय स्वाधिनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो’ प्रचण्डले भने ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ३ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड