राजनीतिमा असम्भव भन्ने केही छैन– प्रचण्ड « Khabarhub

राजनीतिमा असम्भव भन्ने केही छैन– प्रचण्ड


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नभएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नभएको र असम्भव देखिने कुरा पनि राजनीतिक पार्टीको सहकार्यमा सम्पन्न बनाउन सकिने बताए ।

नेपाली कांग्रेसले शुरु गरेको चियापान संस्कृति राजनीतिक सहकार्यलाई अक्षुण राख्ने माध्यम बनेको भन्दै प्रचण्डले आगामी दिनमा पनि दलहरुबीचको सहकार्य जारी रहनुपर्ने बताए ।

गिरीजा प्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति प्रकृयाले सहयात्राको नयाँ अभियान प्रमाणित गरेको उनको भनाइ थियो ।

‘त्यतिवेला लिएका संकल्प र प्रतिवद्धता प्रति दृढ रहने र देशको राष्ट्रिय स्वाधिनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो’ प्रचण्डले भने ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ३ : ५५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन