कांग्रेसको चियापानमा ओलीले भने– देउवा र पौडेल ४५ वर्षदेखिका साथी « Khabarhub

कांग्रेसको चियापानमा ओलीले भने– देउवा र पौडेल ४५ वर्षदेखिका साथी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुसँग आफ्नो लामो सयमदेखिको सहकार्य रहेको बताएका छन् ।

दशैं तिहार लगायतका चाँडपर्वको अवसरपारेर कांग्रेसले आयोजना गरेको चियापानमा सहभागी हुन कांग्रेस कार्यालय सानेपा पुगेका प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवा र आफू ४५ वर्षदेखिको साथी भएको बताए ।

‘शेरबहादुर देउवा र म ४५ वर्षदेखिका साथी हौं । सँगै जेल बसेका छौं । लोकतन्त्रका लागि सँगै लडेका छौं’ उनले भने,‘रामचन्द्र पौडेलजी पनि त्यतिबेला देखिकै साथी हो ।’

चाँडपर्वले आपसी सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘हामी सबैले यस्ता चाँडहरु मान्ने परिपाटीलाई निरन्तरता दिन जरुरी छ’ प्रधानमन्त्रीले भने,‘ यो शोखमा मात्र तयार भएको होइन । यस्ता चाँडहरु सुसम्बन्ध बनाइ राख्न बनेको हो ।’

परम्पराका नाममा नराम्रा काम र आदतहरुबाट जोगिनुपर्ने र असल परम्परालाई अघि बढाउनुपर्ने ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ३५ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको