मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगराउन अनुरोध | Khabarhub Khabarhub

मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगराउन अनुरोध


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सवारीलाई लक्षित गरी ट्राफिक प्रहरीले अन्य सवारीसाधन व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कात्तिक २९ गतेसम्म भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगराउन अनुरोध गरेको हो । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार नेपाल आएका छन् । नेपालको भ्रमणमा रहेका उनले आज राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आज साँझ राजकीय भोज आयोजना गर्नेछिन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ५३ बजे

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन

कोशी अस्पतालमा नि:सन्तान क्लिनिक सञ्चालन

विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा