एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक « Khabarhub

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ ।

बंगलादेशको ढाकामा मंगलबार एक कार्यक्रमको बीच ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपालसहित आठ राष्ट्रका कप्तान सहभागी थिए ।

प्रतियोगिता भने बिहिबारबाट शुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम बंगलादेश पुगिसकेका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । पारस र सन्दीप टी-१० क्रिकेट खेल्न युएईमा छन् ।

नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान छन् ।

समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ को खेल कक्स बजार र समूह ‘बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।

नेपालले भोलि भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।

प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ५८ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा