भावी गभर्नरका लागि दौडधुप शुरु, को बन्ला नयाँ गभर्नर ? « Khabarhub

भावी गभर्नरका लागि दौडधुप शुरु, को बन्ला नयाँ गभर्नर ?


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी चैतमा अवकाश पाउँदैछन् ।

वर्तमान गभर्नर नेपालको अवकाशको मिति नजिकिएसँगै भावी गर्भनर बन्नका विभिन्न व्यक्तिहरुले लबिङ शुरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य व्यक्ति गभर्नर बनाउने भनिरहेका बेला भावी गभर्नरका लागि लबिङ शुरु भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको भावी गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा.युवराज खतिवडालाई जिम्मेवारी दिएका छन् ।

अर्थमन्त्रीसँग नजिक रहेका सचिव राजन खनाललाई मन्त्रीले गभर्नर बनाउन चाहेको भएपनि प्रधानमन्त्रीले सहमति नजनाएपछि अन्य प्रतिस्पर्धीहरुले लबिङ शुरु गरेका हुन् ।

राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर रहेको भएपनि शिवराज श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैकले समिति गठन गरेपछि उनको गभर्नर बन्ने होडबाजी समाप्त भएको छ ।

कांग्रेस कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठमाथि सम्पत्ती सुद्धिकरणमा सहयोग नगरेको, वाणिज्य बैकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगाएतका आरोप पालेपछि उनी निलम्बनमा परेका छन् । तर अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी भने गभर्नरका लागि लागिपरेको बताइन्छ ।

राष्ट्र बैकमा डेपुटी गभर्नर समेत बनेका नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीसँगै राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल बैक लिमिटेडका वर्तमान अध्यक्ष बासुदेव अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली लगायतले गभर्नर बन्न लबिङ शुरु गरिरहेको राष्ट्र बैक स्रोतको भनाई छ ।

गभर्नर बन्न चाहनेहरुले प्रधानमन्त्री ओलीसँग लविङ गरिरहेको भएपनि सरकारको स्वार्थअनुसार काम गर्ने योग्य र दक्ष व्यक्तिको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : १५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी