भावी गभर्नरका लागि दौडधुप शुरु, को बन्ला नयाँ गभर्नर ? « Khabarhub

भावी गभर्नरका लागि दौडधुप शुरु, को बन्ला नयाँ गभर्नर ?


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी चैतमा अवकाश पाउँदैछन् ।

वर्तमान गभर्नर नेपालको अवकाशको मिति नजिकिएसँगै भावी गर्भनर बन्नका विभिन्न व्यक्तिहरुले लबिङ शुरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य व्यक्ति गभर्नर बनाउने भनिरहेका बेला भावी गभर्नरका लागि लबिङ शुरु भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको भावी गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा.युवराज खतिवडालाई जिम्मेवारी दिएका छन् ।

अर्थमन्त्रीसँग नजिक रहेका सचिव राजन खनाललाई मन्त्रीले गभर्नर बनाउन चाहेको भएपनि प्रधानमन्त्रीले सहमति नजनाएपछि अन्य प्रतिस्पर्धीहरुले लबिङ शुरु गरेका हुन् ।

राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर रहेको भएपनि शिवराज श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैकले समिति गठन गरेपछि उनको गभर्नर बन्ने होडबाजी समाप्त भएको छ ।

कांग्रेस कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठमाथि सम्पत्ती सुद्धिकरणमा सहयोग नगरेको, वाणिज्य बैकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगाएतका आरोप पालेपछि उनी निलम्बनमा परेका छन् । तर अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी भने गभर्नरका लागि लागिपरेको बताइन्छ ।

राष्ट्र बैकमा डेपुटी गभर्नर समेत बनेका नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीसँगै राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल बैक लिमिटेडका वर्तमान अध्यक्ष बासुदेव अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली लगायतले गभर्नर बन्न लबिङ शुरु गरिरहेको राष्ट्र बैक स्रोतको भनाई छ ।

गभर्नर बन्न चाहनेहरुले प्रधानमन्त्री ओलीसँग लविङ गरिरहेको भएपनि सरकारको स्वार्थअनुसार काम गर्ने योग्य र दक्ष व्यक्तिको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : १५ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको